कम्युनिटी मेडिसिनमा एम डी गर्नु भएका बिशेषज्ञ चिकित्सकहरुको संस्था नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) ले आफ्नो दोश्रो बैज्ञानिक सम्मेलनको पूर्व सन्ध्यामा प्रि-कन्फरेन्स तालिम कार्यशाला गोष्ठी सम्पन्न गरेको छ/ काठमाडौँ विश्वबिद्यालय धुलिखेल अस्पतालको सभाहलमा सम्पन्न तालिम कार्यशाला गोष्ठीमा इम्प्लिमेंटेसन साईन्स सम्बन्धिमा बिज्ञहरु डा. राजेन्द्र कोजु, डा. बिराजमान कर्माचार्य, डा. अर्चना श्रेष्ठ, डा. प्रज्ज्वल प्याकुरेल, डा. दिपेश ताम्राकार, डा. सूर्य पराजुली, डा. आभा श्रेष्ठ, डा. सुजाता सापकोटा, डा. रजनी शाक्य, सत्या श्रेष्ठ, डा. पुष्पान्जली अधिकारी, डा. गम्भीर श्रेष्ठ लगायतले सहजीकरण गर्नु भएको थियो/ ६० जनाको सहभागिता रहेको उक्त तालिम कार्यक्रममा वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेस भरतपुर, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक, नर्सिंग, जनस्वास्थ्यकर्मी र फार्मेसीबिज्ञको सहभागिता रहेको थियो/ नेपाल मेडिकल काउन्सिलले ४.७५ क्रेडिट पोईन्ट प्रदान गरेको उक्त तालिम कार्यक्रमलाई ट्रेन-नेपालले सहयोग गरेको थियो/ काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डीन तथा ट्रेन-नेपालको मुख्य अनुसन्धानकर्ता डा. कोजुले आज संसारमा भएका धेरै अनुसन्धानले विभिन्न बैज्ञानिक तथ्यहरु प्रमाणित गरे पनि ति तथ्यका आधारमा स्वास्थका नीति नियम बन्न नसकेकोले गर्दा तिनीहरुको प्रभावकारिता खासै हुन नसक्ने भएकाले इम्प्लिमेंटेसन साईन्स भन्ने नयाँ अनुसन्धान विधाको बिगत २ बर्ष देखि नेपालमा सुरुवात गरिएको बताउनु भयो / त्यसै गरि ट्रेन-नेपालको डाईरेक्टरहरु डा. अर्चना श्रेष्ठ र डा. विराजमान कर्माचार्यले इम्प्लिमेंटेसन साईन्सको तालिम तथा अनुसन्धानलाई नेपालमा सुरुवात गर्न अमेरिका स्थित नेसनल इन्स्टिच्युट अफ हेल्थको आर्थिक सहयोग र विश्वका विभिन्न विश्वबिद्यालयको सहकार्यमा संसारका अरु ८ देशमा यो कार्यक्रम सुरु गरिएको जानकारी गराउनु भयो/
यसै विच ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका सह-अनुसन्धानकर्ता तथा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. प्याकुरेलले अहिलेको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय सुधार गर्ने हो भने इम्प्लिमेंटेसन साईन्स मार्फत अनुसन्धान गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो/ नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) का सचिब तथा इन्स्टिच्युट अफ मेडिसिनका असिस्टेन्ट प्रोफेसर डा. प्रनिल मान सिंग प्रधानले प्रि-कन्फरेन्स तालिम कार्यशाला गोष्ठीमा इम्प्लिमेंटेसन साईन्सको सुरुवात गरेर नेस्कमले नेपालमा रहेको यो खाडललाई पुर्ने कोशिस सुरु गरि सकेको बताउनुभयो/ ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका रिसर्चफेलो तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल, बिराटनगरका असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुलीले नेपाल संघियतामा गईसकेको र प्रदेश तथा स्थानीय सरकारले आफ्नो छुटै स्वास्थ्य नीति बनाउदै गर्दा इम्प्लिमेंटेसन साईन्सलाई ध्यान दिनुपर्ने र मेडिकल कलेजमा हुने कम्युनिटी मेडिसिनका बिज्ञहरुले यस कार्यमा सहकार्य गर्ने सदैव तत्वर रहेको बताउनुभयो/ वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुरका कम्युनिटी मेडिसिन बिज्ञ डा. गम्भीर श्रेष्ठले क्यान्सर रोगको रोकथाम, उपचार र नियन्त्रण गर्नका लागि इम्प्लिमेंटेसन साईन्स थप प्रभावकारी हुने बताउनु भयो /काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेसका कम्युनिटी मेडिसिन बिज्ञ डा. दिपेश ताम्राकारले इम्प्लिमेंटेसन साईन्स आजको नयाँ आवश्यकता भएकोले नेपालले अब यस बिषयमा तालिम र काम गर्न शुरुवात गर्नु पर्ने बताउनुभयो/ ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका रिसर्चफेलो तथा कम्युनिटी मेडिसिन बिज्ञ डा. आभा श्रेष्ठले नेस्कमले इम्प्लिमेंटेसन साईन्सका अनुसन्धान र तालिम लाई अझ विस्तार गर्दै लैजाने बताउनु भयो/ नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) को दोश्रो बैज्ञानिक सम्मेलनका कार्यक्रम संयोजक डा. पुष्पान्जली अधिकारीले आउदो मार्च ४-५ मा काठमाडौँ स्थित होटल रयाडीसनमा सम्मेलनको आयोजना हुने जानकारी गराउनुभयो/ संघियतामा दृढ स्वास्थ्य प्रणाली: कम्युनिटी मेडिसिन बिज्ञको भूमिका शिर्षकमा हुने सम्मेलनलाई नेपाल मेडिकल काउन्सिलले ९.७५ क्रेडिट पोईन्ट प्रदान गरेको छ/ २ ओटा बैज्ञानिक सेसनमा १७ ओटा कार्यपत्र प्रस्तुत हुदैछ भने २ सिम्पोसियम, ५ प्राबिधिक अध्ययन सेसन लगायत स्वास्थ्य मन्त्रालय र अरु बिज्ञ विच व्यापक छलफल हुनेछ/ नेपाल र अन्य देशका बिज्ञको सहभागिता हुने बैज्ञानिक सम्मेलनमा करिब २०० जनाको सहभागिता रहने छ/ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, क्रिस्चियन मेडिकल कलेज, नेपाल मेडिकल काउन्सिल, विश्व स्वास्थ्य संगठन, वर्ल्ड ब्यांक, सेभ द चिल्ड्रेन, धुलिखेल अस्पताल, एनएचएलबिआई, ग्रुप फर टेक्निकल एसिस्टेन्ट फर एएमआर, नेपाल जनस्वास्थ्य प्रतिष्ठान, युनिसेफ, प्रिभेंट क्यान्सर नेपाल, द लेप्रोसी मिसन टु नेपाल आदिको सहभागिता रहने बैज्ञानिक सम्मेलनका अध्क्षय डा. गजानन्द प्रकाश भण्डारीले जानकारी दिनुभयो/