My sister always complains that she is having a headache that is on one side of her head. She closes the curtain of Windows and door and makes her room dark because she can't tolerate light. Pain doesn't go away unless she takes some painkillers. She is suffering from Migraine headaches. Migraine is the 3rd most prevalent and 6th most disabling disease in the world. Migraine is a primary headache disorder characterized by recurrent headaches that are moderate to severe. Most often, the headaches affect one half of the head, are pulsating in nature, and last from two to 72 hours. It usually comes on gradually and is aggravated by physical activity. The cause of Migraine is unknown. However, it is believed to be an environmental and genetic factor. Women are three times more likely to have migraines. Headaches tend to affect boys more than girls during childhood, but by the time of puberty and beyond, more girls are affected. An aura is a prior stage of migraine which may occur up to one-third of people. It is a short period of visual disturbance which signals that the headache will soon occur. The associated symptoms of Migraine may include nausea, vomiting, and sensitivity to light, sound, or smell. People who have migraines with aura are more likely to have strokes caused by either a blood clot in the heart (cardio-embolic stroke) or a clot within the brain’s blood vessels (thrombotic stroke), compared to those that don’t have migraines with aura, according to research presented at the American Stroke Association’s International Stroke Conference 2016. Preventive treatments of migraines include medications, nutritional supplements, and lifestyle alterations. The recommended initial treatment for those with mild to moderate symptoms is simple analgesics such as non-steroidal anti-inflammatory drugs (NSAIDs) or the combination of paracetamol, aspirin, and caffeine. However, consultation with the doctor for proper diagnosis and treatment is necessary.
पृष्ठभूमि
चलनचल्तीको भाषामा भनिदै आएको ग्यास्ट्रिक अथार्त वायुविकार हामी धेरैलाई भएको समस्या हो। डाक्टर साब, मेरो पेट पोल्यो, छाती पोल्यो, श्वास फेर्न गाह्रो भयो, वाकवाकी लाग्यो लगायतका अनेकन समस्यालिएर दाजुभाई तथा दिदीबहिनीहरु आउनुहुन्छ । यहाँ हामी चिर परिचित वायु विकार वारेमा चर्चा गर्नेछौ ।
वायु विकार( ग्यास्ट्राइटिस) भनेको के हो ?
आमाशयको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार भनिन्छ। यो २ प्रकारको हुन्छ।
क) तीब्र वायूविकार
ख) दीर्घ वायूविकार
तीब्र वायुविकार के हो ?
तीब्र वायुविकारमा आमाशयको श्लेश्म झिल्लीको सुन्निने अवस्था छिटो हुन्छ ।
कारणहरु
चुरोट, जाड रक्सीको अत्याधिक सेवन गर्नाले ।
बिषाक्त खाना खानाले।
अत्याधिक औषधिहरुको सेवन गर्नाले ।पेटमा अत्याधिक बाईल आउनाले ।
अत्याधिक चिन्ता पीर लिनाले ।
लक्षण तथा चिन्हहरु
वाकवाकी लाग्नु ।
वान्ता हुनु ।
खानामा अरुची हुनु ।
मुटु दुख्नु ।
छाती पोल्नु ।
पेटको माथिल्लो भागमा असजिलो महशुस हुनु ।
दीर्घ वायूविकार के हो ?
आमाशयको दीर्घ संक्रमण भइरहनुलाई दीर्घ वायूविकार भनिन्छ ।
कारणहरु
दीर्घकालीन रुपमा अत्याधिक मद्यपान र धुम्रपान गर्नु ।
अधिरता भएको ब्यक्ति ।
घाँटी तथा टन्सिलको दीर्घकालीन समस्या ।
धेरै पीरो,अमिलो खानाको सेवन ।
अत्याधिक चिया तथा कफीको सेवन ।
खानामा अनियमितता हुनु ।
रोग प्रतिरोधात्मक क्षमतामा कमी ।
एलर्जी र हेलीकोब्याक्टरपाइलोरी संक्रमण ।
लक्षण तथा चिन्हहरु
वाकवाकी लाग्नु
वान्ता हुनु
खानामा अरुची हुनु
मुटु पोल्नु
छाती पोल्नु
अपच हुनु
ग्यास भरिनु
डकार आउनु
साथसाथै कुपोषित देखिनु
निरन्तर रुपमा वायूविकार(ग्यास्ट्राइटिस)भइरहदा जटिलताहरु देखिन सक्छन। बायूविकारलाई यदि समयमा उपचार नगरेमा अम्लपित्त हुनसक्ने हुन्छ। जुन पेटको अथवा पाचनप्रणालीको एउटा जटिल समस्या हो। साथसाथै वायुविकारकै कारणले अल्सर हुन गई रगत बग्ने, समस्या हुन सक्छ जसले गर्दा शरीरमा रगतको मात्रा पनि कम हुन जान्छ। यस अवस्थालाई हामी रक्तअल्पता भन्छन। वायूविकारको समयमा उपचार नहुँदा पछि गएर क्यान्सर पनि हुनसक्ने हुन्छ । तसर्थ यसको उपचार गर्न तर्फ हामी उन्मुख हुनु पर्दछ।
उपचार के र कसरी गर्ने ?
अत्याधिक धुम्रपान तथा मद्यपान गर्ने बानी त्याग्ने ।
पेटलाई असर गर्ने खानेकुरा जस्तै अत्याधिक पीरो तथा अमिलो खानकम गर्ने ।
तरल पदार्थ वढी खाने ।
नरम खानेकुराहरु खाने ।
ब्रत नबस्ने ।
सन्तुलित भोजन सेवन गर्ने ।
थोरै थोरै खाना पटकपटक खाने ।
औषधिको उचित सेवन दक्ष स्वास्थ्यकर्मीको सल्लाह बमोजिम खाने ।
समस्याले जटिल रुप लिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने ।
उपसंहार
धेरै जसो समस्याहरु हाम्रो आनिवानी र जीवनशैलीकै प्रभाववाट निम्तिएका हुन्छन् । हामीले सुरु गरेका सानो जीवनशैली परिवर्तनले भविष्यमा निम्तिने जोखिमबाट हामीबच्न सक्छौ। खान–पान, व्यक्तिगत व्यवहार तथा आनिवानीमा आजदेखि नै परिवर्तन ल्याई आफू स्वयम् तथा परिवारलाई पनि अनेकन स्वास्थ्य समस्याहरु हुनवाट बचाऔ ।