- महिनावारी हुँदा सफा नरम कपडा प्रयोग गर्ने र यौनाङ्ग सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिने ।
- आराम गर्ने तथा दुखाई कम महशुस गर्न नियमित क्रियाकलापहरु गर्ने, दिनहु दिसा गर्ने बानी बसाल्ने र कब्जियत हुन नदिने ।
- औषधिको सेवन गर्नुपरेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि लिने ।
- महिनावारी हुँदा गोठमा राख्ने, छाउपडी प्रथा सामाजिक कुसंस्कार हुन् । यसलाई हाम्रो समाजमा प्रवेश नै नदिऊ ।
- समग्रमा महिनावारी एउटा शारीरिक साधारण प्रक्रिया हो । महिनावारी हुनु भनेको विरामी हुनु होइन वरु तपाई स्वस्थ्य र निरोगी भएको प्रमाण हो ।
- अघिल्लो महिनावारी भएको २८ देखि ३० दिनमा अर्को महिनावारी हुन्छ र यो हरेकपल्ट दोहोरिरहन्छ ।