नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न गरेको छ / पुर्बी नेपालमा वैज्ञानिक स्वास्थ्य अध्ययन-अनुसन्धानमा सहभागिता अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ३६ जनाको उपस्थिति थियो / एम ए आर डी, वि एस्सी नर्सिंग, एमबिबिएस, बि एन, बि पी एच, स्टाफ नर्स, वि वि एस अध्ययनरत विधार्थीहरु तथा अनुसन्धानमा रुची हुनेहरुको उपस्थती रहेको उक्त कार्यक्रममा मेडिकल इथिक्स र बिरामीसंग गर्ने संचारकला, रिसर्च र यसको आवश्यकता, रिसर्च मेथोडोलोजी, प्रोपोजल लेखन, वैज्ञानिक अनुसन्धान, रिसर्च सफ्टवेयर आदिको वारेमा तालिम प्रदान गरिएको थियो / सहभागीहरुलाई रिसर्च गर्नु पुर्व चाहिने प्रोपोजल लेखन कलाको अभ्यास गराइएको यस कार्यशालामा अनुसन्धान गर्दा आई पर्ने चुनौती र यसको समाधानको वारेमा पनि तालिम प्रदान गरिएको थियो/ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले आयोजना गरेको यो दोश्रो कार्यशाला गोष्ठी भएको संस्थाका प्रबन्ध निर्देशक तथा अध्क्षय डा. सूर्य पराजुलीले वताउनुभयो भने आगामी दिनमा अझ बढी अनुसन्धात्मक कार्यशाला गोष्ठी र अनुसन्धानहरु संचालन गरिने बताउनु भयो / विधार्थीलाई अनुसन्धानमा रुची जगाउन यस्ता कार्यक्रम गर्नुपर्नेमा बिर्तामोडवाट आउनु भएकी सहभागी सुदिपा श्रेष्ठले बताउनुभयो/ संयोग खतिवडाले संचालन गर्नु भएको कार्यक्रममा नेपाल मेडिकल भोलिन्टियर सोसाईटिका डा. पराजुली, डा. पार्थ गुरागाई, नविन लामिछानेले कार्यक्रमलाई सहजीकरण गर्नुभएको कार्यक्रम कोशी हेल्थ एण्ड साईन्स क्याम्पस विराटनगरमा आयोजना गरिएको थियो/