हामी एक २० वर्षै महिलालाई साँझ ६ बजे सर्पले टोकेको कल्पना गरौं। अब के गर्ने त ? यसो गर्नुहोस्, सर्वप्रथम पीडितलाई हामीले सान्त्वना दिनुपर्दछ । कहिल्यै पनि तँ मर्छेस, पोहर पल्लो गाउँको त ठहरै भएको, रुने, कराउने आत्तिने अत्याउने गर्नुहुँदैन। जति सक्दो चाँडो मोटरसाइकलको प्रयोग गरी नजिकैको सर्पदंश उपचार केन्द्र लान सवै तयार हुनुपर्दछ। त्यसैले सर्पदंश उपचार केन्द्रको ठेगाना र फोन न. आजै राख्नुहोस्। सम्भव भएसम्म अस्पताल वा सर्पदंश उपचार केन्द्रमा फोन सम्पर्क गरी विरामी ल्याउँदै गरेको जानकारी दिनु बुद्धिमानी हुन्छ । वास्तवमा यसो गर्दा उपचार प्रकृयामा एकदमै सजिलो हुन्छ ।थप जान्न यहाँ क्लिक गर्नुहोस !!!