Dr. Prajjwal Pyakurel (Assistant Professor, School of Public Health & Community Medicine, BPKIHS, Nepal)
1. The recent work published by Imperial College of London has highlighted that social distancing be maintained for 18 months or more until the vaccine is developed in order to mitigate the true effect of coronavirus. Is this possible?
2. This year coronavirus is the deadliest respiratory coronavirus after Spanish flu seen in 1918 which has killed approximately 50 million people.
3. Coronavirus lockdown has helped to reduce pollutions which has a positive effect in environment, aquatic animals, flora and fauna. This has given ideas for future work for scientist in order to mitigate the effect of climate change although lockdown is not the solutions.
4. There has been buzz going around the world that coronavirus is self-created. We can argue on this statement for hours and hours. However, virus also mutates itself. Occasionally, outbreak occurs when virus in animals and birds changes their structure and enter human body. Coronavirus may have originated in this fashion.
5.During coronavirus pandemic we are wearing mask and moving around. But the surgical mask we use may not be protective as it doesn’t tightly cover mouth and nose and the tiny infected droplets enters nose, mouth and eyes. Mask should be used by those people who have respiratory illness and can transmit infection to others.
Dr. Prajjwal Pyakurel (Assistant Professor, School of Public Health & Community Medicine, BPKIHS, Nepal)
1. The Coronavirus can be detectable on copper surface for upto 4 hours, on cardboard for up to 24 hours, plastic and steel for 72 hours. However, virus decreased over time on each of those surfaces and so the risk of infection from touching them would decrease over time.
2.There is the buzz going that chloroquine (antimalarial) drug is beneficial for COVID 19. However, use of chloroquine or its less toxic derivative hydroxychloroquine may be of benefit in people who are in quarantine after a contact with a confirmed COVID-19 case. But robust evidence is still needed.
3. The World Organization for Animal Health says that it doesn’t appear that fur of pets such as cats and dogs are responsible for spreading the coronavirus. However, further tests are being carried out to understand if and how animals are affected.
4. The Italy experience showed that steps to isolate the coronavirus and limit people’s movement need to be put in place early, with absolute clarity, then strictly enforced. We need to thank our government for this initiative. But people need to understand the gravity of problem and follow
stringent measures.
5. People of Italy has shared what they wish they have done 10 days ago to prevent the spread of coronavirus. Many people in the video messaged said that they wished they had listened to directives to stay inside the house and practice social distancing before it become mandatory. So strictly follow social distancing even at home so that we can prevent lot of infection.
नेपाली शब्द युनिकोडमा टाईप गरेकोले गर्दा केहि शब्दहरु बिग्रेको हुनसक्छ । शब्दको भाव बुजेर नजर अनदाज गर्दिनु होला ।
१.अनुसन्धानलेभनेअनुसारकोरोनाभारसतामा भएकोठाउँमा४घण्टासम्मबस्नसक्छ, टास्ने पाटी या कडा कागज मा २४ घण्टा सम्म बस्न सक्छ, प्लास्टिकमा र फलम मा ७२ घण्टा सम्म बस्न सक्छ ।तर समय अगाडी बड्धै गयपछी भारस बिस्तारै कम हुन्छ अनि त्तेस्ले सक्रमण गर्ने शक्तीपनि घटाउछ ।
२. Chloroquine र त्तेस्ले उत्पादित (derivative) hydroxychloroquine दबाई COVID-19 निधो भएको बिरामीको सम्पर्कमा आएको व्क्ती जो अलगै (quarantine ) मा बस्नु भएको छ उहाहरुलाई फायिदा हुन्छ भनिएको छ । तर यो साचिकै प्रभावकारी छ भन्ने कुराको लागि अझै अनुसन्धानबाट पुष्टी हुन जरुरी छ ।
३. जनावरहरुको विश्व संगठनले जानकारी गराए अनुसार घरपालुवा जनावर जस्तै कुकुर बिरालोको भुत्लाबाटकोरोनाभारस सक्रमण हुँदैन, तर पनि यस्मा अनुसन्धानहरु हुँदैछ ।
४. Italy मा देखिएको कोरोनाको महामारीले हामीलाई के सिकायको छ भने मानिसको गतिविदी सुरुमै कम गरेको भय धेरै मानिसहरुको ज्यान बचाउन सकिन्थ्यो होला भनेर ।हामीले यस्को लागी हाम्रो सरकारलाई धन्यवाद दीनैपर्छ जस्ले तुरुन्तै Lockdown गर्यो । अभ जनता पनि उतिकै सजक भएर बस्नु पर्ने अवस्था छ ।
५. Italy को जनताहरुले दियको भिडियो मेसजमा उनिहरुले के भनेका छन भने सायद यस्तो महामरी हुन्छ भन्ने १० दिन अगाडी थाह भएको भए उनिहरुले पहिला देखी नै घरमा बस्थे र एक आपसमा दुरी(social distancing) राख्थे । त्तेसैले हामीहरु ले पनि उनिहरु सँग सिकेर घरमा बसौ र दुरी (social distancing) राखौ ।
कम्युनिटी मेडिसिनमा एम डी गर्नु भएका बिशेषज्ञ चिकित्सकहरुको संस्था नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) ले आफ्नो दोश्रो बैज्ञानिक सम्मेलनको पूर्व सन्ध्यामा प्रि-कन्फरेन्स तालिम कार्यशाला गोष्ठी सम्पन्न गरेको छ/ काठमाडौँ विश्वबिद्यालय धुलिखेल अस्पतालको सभाहलमा सम्पन्न तालिम कार्यशाला गोष्ठीमा इम्प्लिमेंटेसन साईन्स सम्बन्धिमा बिज्ञहरु डा. राजेन्द्र कोजु, डा. बिराजमान कर्माचार्य, डा. अर्चना श्रेष्ठ, डा. प्रज्ज्वल प्याकुरेल, डा. दिपेश ताम्राकार, डा. सूर्य पराजुली, डा. आभा श्रेष्ठ, डा. सुजाता सापकोटा, डा. रजनी शाक्य, सत्या श्रेष्ठ, डा. पुष्पान्जली अधिकारी, डा. गम्भीर श्रेष्ठ लगायतले सहजीकरण गर्नु भएको थियो/ ६० जनाको सहभागिता रहेको उक्त तालिम कार्यक्रममा वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेस भरतपुर, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक, नर्सिंग, जनस्वास्थ्यकर्मी र फार्मेसीबिज्ञको सहभागिता रहेको थियो/ नेपाल मेडिकल काउन्सिलले ४.७५ क्रेडिट पोईन्ट प्रदान गरेको उक्त तालिम कार्यक्रमलाई ट्रेन-नेपालले सहयोग गरेको थियो/ काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डीन तथा ट्रेन-नेपालको मुख्य अनुसन्धानकर्ता डा. कोजुले आज संसारमा भएका धेरै अनुसन्धानले विभिन्न बैज्ञानिक तथ्यहरु प्रमाणित गरे पनि ति तथ्यका आधारमा स्वास्थका नीति नियम बन्न नसकेकोले गर्दा तिनीहरुको प्रभावकारिता खासै हुन नसक्ने भएकाले इम्प्लिमेंटेसन साईन्स भन्ने नयाँ अनुसन्धान विधाको बिगत २ बर्ष देखि नेपालमा सुरुवात गरिएको बताउनु भयो / त्यसै गरि ट्रेन-नेपालको डाईरेक्टरहरु डा. अर्चना श्रेष्ठ र डा. विराजमान कर्माचार्यले इम्प्लिमेंटेसन साईन्सको तालिम तथा अनुसन्धानलाई नेपालमा सुरुवात गर्न अमेरिका स्थित नेसनल इन्स्टिच्युट अफ हेल्थको आर्थिक सहयोग र विश्वका विभिन्न विश्वबिद्यालयको सहकार्यमा संसारका अरु ८ देशमा यो कार्यक्रम सुरु गरिएको जानकारी गराउनु भयो/
यसै विच ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका सह-अनुसन्धानकर्ता तथा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. प्याकुरेलले अहिलेको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय सुधार गर्ने हो भने इम्प्लिमेंटेसन साईन्स मार्फत अनुसन्धान गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो/ नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) का सचिब तथा इन्स्टिच्युट अफ मेडिसिनका असिस्टेन्ट प्रोफेसर डा. प्रनिल मान सिंग प्रधानले प्रि-कन्फरेन्स तालिम कार्यशाला गोष्ठीमा इम्प्लिमेंटेसन साईन्सको सुरुवात गरेर नेस्कमले नेपालमा रहेको यो खाडललाई पुर्ने कोशिस सुरु गरि सकेको बताउनुभयो/ ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका रिसर्चफेलो तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल, बिराटनगरका असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुलीले नेपाल संघियतामा गईसकेको र प्रदेश तथा स्थानीय सरकारले आफ्नो छुटै स्वास्थ्य नीति बनाउदै गर्दा इम्प्लिमेंटेसन साईन्सलाई ध्यान दिनुपर्ने र मेडिकल कलेजमा हुने कम्युनिटी मेडिसिनका बिज्ञहरुले यस कार्यमा सहकार्य गर्ने सदैव तत्वर रहेको बताउनुभयो/ वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुरका कम्युनिटी मेडिसिन बिज्ञ डा. गम्भीर श्रेष्ठले क्यान्सर रोगको रोकथाम, उपचार र नियन्त्रण गर्नका लागि इम्प्लिमेंटेसन साईन्स थप प्रभावकारी हुने बताउनु भयो /काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेसका कम्युनिटी मेडिसिन बिज्ञ डा. दिपेश ताम्राकारले इम्प्लिमेंटेसन साईन्स आजको नयाँ आवश्यकता भएकोले नेपालले अब यस बिषयमा तालिम र काम गर्न शुरुवात गर्नु पर्ने बताउनुभयो/ ट्रेन-नेपाल-इम्प्लिमेंटेसन साईन्सका रिसर्चफेलो तथा कम्युनिटी मेडिसिन बिज्ञ डा. आभा श्रेष्ठले नेस्कमले इम्प्लिमेंटेसन साईन्सका अनुसन्धान र तालिम लाई अझ विस्तार गर्दै लैजाने बताउनु भयो/ नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) को दोश्रो बैज्ञानिक सम्मेलनका कार्यक्रम संयोजक डा. पुष्पान्जली अधिकारीले आउदो मार्च ४-५ मा काठमाडौँ स्थित होटल रयाडीसनमा सम्मेलनको आयोजना हुने जानकारी गराउनुभयो/ संघियतामा दृढ स्वास्थ्य प्रणाली: कम्युनिटी मेडिसिन बिज्ञको भूमिका शिर्षकमा हुने सम्मेलनलाई नेपाल मेडिकल काउन्सिलले ९.७५ क्रेडिट पोईन्ट प्रदान गरेको छ/ २ ओटा बैज्ञानिक सेसनमा १७ ओटा कार्यपत्र प्रस्तुत हुदैछ भने २ सिम्पोसियम, ५ प्राबिधिक अध्ययन सेसन लगायत स्वास्थ्य मन्त्रालय र अरु बिज्ञ विच व्यापक छलफल हुनेछ/ नेपाल र अन्य देशका बिज्ञको सहभागिता हुने बैज्ञानिक सम्मेलनमा करिब २०० जनाको सहभागिता रहने छ/ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, क्रिस्चियन मेडिकल कलेज, नेपाल मेडिकल काउन्सिल, विश्व स्वास्थ्य संगठन, वर्ल्ड ब्यांक, सेभ द चिल्ड्रेन, धुलिखेल अस्पताल, एनएचएलबिआई, ग्रुप फर टेक्निकल एसिस्टेन्ट फर एएमआर, नेपाल जनस्वास्थ्य प्रतिष्ठान, युनिसेफ, प्रिभेंट क्यान्सर नेपाल, द लेप्रोसी मिसन टु नेपाल आदिको सहभागिता रहने बैज्ञानिक सम्मेलनका अध्क्षय डा. गजानन्द प्रकाश भण्डारीले जानकारी दिनुभयो/