नया स्वास्थ्य नीति को बारेमा केहि दिन अघि पुर्व स्वास्थ्य मन्त्रि गिरिराजमणि पोखरेल ले नागरिक दैनिक मा लेख्नु भएको लेख पढे पछी मलाई पनि अब बन्न लागेको नंया स्वास्थ्य नीति को बारेमा केहि कुरा हरु लेखन मन लग्यो . मैले नया स्वास्थ्य को मस्यौदा पूर्ण रुपमा हेर्न नपाए पनि केहि बुंदा हरु हेर्ने अवसर पाए को थिए सो र उक्त लेख को आधारमा नया बन्ने स्वास्थ्य नीति मा एउटा जनास्थ्यको बिद्यार्थी हैसितिएतले मेरा केहि बिचारहरु हरु राख्न चाहन्छु . नेपालमा २०४६ सालको प्रजातन्त्र पछी पहिलो स्वास्थ्य नीति आएको थियो र नँया स्वास्थ्य नीति नबनुन्जेल यहि स्वास्थ्य नीति नै मुख्य आधार हो तर तत्कालिन परिबेशमा बनेको उक्त नीति अब को नया परिबेश मा उपयुक्त हुन सक्दैन त्येसैले नया स्वास्थ्य नीति को आबश्यकता देखिन्छ तर मुख्य कुरा चाही अब बन्ने नीति कस्तो हुनुपर्छ के कस्ता कुराहरुको आधारमा यसलाई निर्माण गरिदैछा भन्ने हो .विश्व स्वास्थ्य संगठन को सदस्य भएको लगभग आधा सताब्दी पछाडी र ऐतिहासिक दोश्रो जनआन्दोलन पछी बनेको नेपालको अन्तरिम संबिधान ले पहिलो पटक स्वास्थ्य लाई जनताको आधारभूत अधिकार भनेर उल्लेख गरियो . तर यी अधिकार हरु अहिले सम्म कागजमा मात्रै सिमित छन् जनता ले अहिले सम्म पनि स्वास्थ्य सेवा हरु लिन धेरै कठिनाई र हैरानी बेहोरिरहनु परेको छ .दोश्रो जनआन्दोलन पश्चात सरकारले जारी गरेको १० बुंदे घोषणा तथा निशुल्क स्वास्थ्य कार्यक्रम को कार्यान्वनमा देखा परेका कठिनाई हरु हेर्दा यसमा कहाँ नेर कमजोरी छ भनेर केलाउनु राम्रो हुन्छ यसको अर्थ नेपाल मा नीति नियम हरु बन्छन तर तिनको कार्यान्वयन पक्ष कमजोर देखिन्छन, स्वास्थ्य केन्द्र हरुमा पर्याप्त मात्रामा स्रोत हरु छैन भयका स्रोत हरुको वितरण एकनास को छैन, कतिपय ठाउमा अझै पनि स्वास्थ्य संस्था हरु को वितरण समानुपातिक छैन, अझै पनि कति पए ठाउँहरु स्वास्थ्य सेवा बिहिन छन्, दुर्गम ठाउहरुमा अझै पनि पियन हरुले ले स्वास्थ्य सेवा दिनुपरेको कुरा पत्र पत्रिका मा पढ्न पाउनु नौलो कुरा होइन .अझै पनि सरकारी अस्पताल हरुमा विभिन्न सेवा तथा सुबिधा तथा छुट गर्ने प्रणाली पारदर्शी छैन . हुनेखाने र पहुँच वाला हरुले मात्र यसको फाइदा उठाएका छन् वास्तबिक गरिब तथा सरकारले तोकिएका समुदायहरुले यसको एकदमै कम फाइदा लिएका छ , तेसैले यसलाई पारदर्शी बानउनु जरुरि छ .अर्को कुरा स्वास्थ्य जनसक्ति को ब्यबस्थापन एउटा ठुलो चुनौती हो, डाक्टर हरु शहर तर सुविधा युक्त ठाउँ मात्रै जाने, नेपालमा पढेर बिकसित देशहरुमा जाने प्रवृति त छैदछ अर्को तिर प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र बाट च्याउ जस्तै उम्रिएका संस्थाहरुवाट उत्पादित मध्यम स्तरीय जनशक्ति हरु बेरोजगार बन्दै छन् , यस्तो किसिमको प्रबिधीक बेरोजगारी को व्यबस्थानको नीतिमा स्पस्ट कुराहरु आउनु जरुरि छ .हाम्रो देशमा स्वास्थ्य को लगानि कसरि गर्ने र त्यो पैसा कसरि ल्याउने भन्ने बारेमा कुनै स्पस्ट नीति छैन अझै पनि सरकारी अस्पताल र स्वास्थ्य संस्था हरु को स्थिति नाजुक छ, मानिसहरुले स्वास्थ्य को लागि आफ्नो गोजी को पैसा धेरै खर्च गरिरहनु परेको छ , गत वर्ष को स्थिति हेर्दा स्वास्थ्य मा सरकारले सम्पूर्ण बजेट को करिब सात प्रतिशत छुट्याइएकोमा ७९ प्रतिशत मात्रै खर्च भएको देखिन्छ, यसबाट पनि हाम्रो स्थिति कहाँ छ र हाम्रो कहानिर कमजोरी भयो ताकी हामीले भौतिक प्रगति को त कुरा छोडौ आर्थिक प्रगति पनि भएन भन्ने कुरा बिश्लेषण गर्नु पर्ने देखिन्छ , यसले हाम्रा स्वास्थ्य कार्यक्रम हरुको प्रभावकारिता माथि प्रश्न चिन्ह उठेको छ . साथै स्वास्थ्य संस्था हरु को सामाजिक लेखापरीक्षण लाई जरूरि गर्नु पर्ने देखिन्छ , स्वास्थ्य बिमा को अबधारणा लै हाम्रो जस्तो गरिब देशमा कसरि ल्याउन सकिन्छ र यसबारे मा बिगत को अध्ययन ले के देखायो तेस्लाई मुल्यांकन गरेर मात्रै अगाडी बढ्नु राम्रो हुन्छ . अहिले स्थिति भनेको देश को संरचना कस्तो हुने भन्ने बिषयमा निर्णय भईसकेको छैन तेसैले यो अवस्थामा सापेक्ष हुने किसिमले नीति तर्जुमा गर्नु पर्दछ र सोहि अनुरुप स्वास्थ्य नीति लाई लचिलो बनाइनु पर्दछ . उक्त मस्यौदा मा इकार्ड तथा इहेल्थ लागु गर्ने कुरा गरिएको छ यो एउटा महत्वाकांक्षी योजना हो यसको लागि संचार र प्रविधि को व्यापक वितरण हुनु जरुरि छ, कार्ड बाडेर मात्रै हुदैन ग्रामिण क्षेत्र मा स्वास्थ्य कर्मी हरु लाई बस्ने बाताबरण तयार गर्नु पर्छ नबस्ने लाई कारबाही गर्नु पर्छ . २५ बुंदे उक्त मस्यौदा ले बर्षौ देखी देशको स्वास्थ्यमा महत्वपुर्ण भूमिका निर्बाह गरिरहेका महिला स्वास्थ्य स्वयम सेविका हरुको बारेमा केहि उल्लेख गरेको छैन, किनभने महिला स्वास्थ्य स्वयम सेविका हरुले आफ्नो सेवा र सुबिधा को बारेमा लामो समयदेखी आन्दोलन गरिरहेको कुरा जगजाहेर छ, ग्रामिण स्वास्थ्य कार्यकता हरु को अभावले खोप जस्ता सामान्य कार्यक्रम हरुमा पनि असर गरिरहेको छअहिले भर्खरै संसोधित स्वास्थ्य ऐन मा पनि धेरै कुरा हरु बाझिएका छन् त्यसलाइ पनि समयानुकुल बनाउनु पर्दछ .अहिले हाम्रो देश राजनीति रुपमा जस्तो सक्रमणमा छ स्वास्थ्य क्षेत्र पनि तेती नै सुधार गर्नु पर्ने क्षेत्र हो . अर्को कुरा के हो भने अहिलेको नीति मन्त्रि र केहि कर्मचारी हरुले मात्रै मिलेर बनाउदैछन भन्ने कुरा सुन्नमा आएको छ यदि यो साचो हो भने कस्तो नीति आउला, स्वास्थ्य त सबैको सरोकार हो , यसमा सबै पक्ष को विचार को जरुरि हुन्छ . आशा गरौ सम्बंधित निकायहरु ले यसमा ध्यान दिने छन् ?
म सानो छदा मेरो हजुरआमाले खोक्न पनि मिल्दैन, सिढी चढ्न-ओर्लन पनि मिल्दैन, छिनछिनमा पिसाब लाग्ने आदि समस्या भइरहेछ, भनि पटक पटक उपचार गराएको कुरा अहिले पनि म सम्झन्छु/ के भएको भनि बुझ्दा आङ खसेको भनेको मलाई अहिले पनि ताजा नै छ/ त्यसबेला मेरो बालमस्तिष्कले आङ खस्नु भनेको के हो बुझ्न पनि सकेन/ अहिले आएर म सम्झन्छु कि आङ खस्नु भनेको पाठेघर खस्नु भन्न खोज्नु भएको रहेछ/
ग्रामीण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई पहिलो कुरा समस्या हो भनि पहिचान गर्न नसक्नु र दोश्रो कुरा समस्या निकै नै बढी हुदाँ पनि लाजले गर्दा कसैलाई नभनि आफु भित्रै दबाएर राख्नुले यसवाट अझै बढी पिडित भएको पाइन्छ/ मेरो हजुरआमा कम उमेरमा विवाहित, कम उमेरमै धेरै बच्चा जन्माएकी, राम्रो सुत्केरी स्याहार नपाएकी, उकाली ओराली गर्ने, भारी बोक्ने, मेलापात गर्ने सबै काम गरेकी ग्रामीण भेगकी महिला, जो पाठेघर खस्ने समस्याले पिडित एक उदाहरण मात्र हुन्/ मेरो हजुरआमा जस्ता कयौ महिलाहरु यो देशमा छन् जसलाई यस्तै अवस्थाबाट गुज्रनु परेको छ/ उचित शिक्षाबाट बन्चित गराईनु, बालविवाह हुनु, कम उमेरमै बच्चा पाउनु, त्यसमा पनि श्रीमान तथा घर परिवारको साथ नपाउने जस्ता कारणले अझै पनि यो समस्या यथावत नै छ/ गर्भवती हुदाँ पनि पहिले जस्तै गाह्रो काम गर्नु पर्ने, सुत्केरी अवस्थामा केहि दिनको आराम पछि नै मेलापातको काममा फर्कनु पर्ने, पोषणयुक्त खानाको कमि हुनु, घरमै असुरक्षित तवरले प्रसुती गराईनु जस्ता बिबिध कारणले गर्दा अहिले पनि पाठेघर खस्ने समस्या एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहदै आएको पाइन्छ/ अव यहि पाठेघर खस्ने समस्याको बारेमा चर्चा गरौ/
पाठेघर खस्नु भनेको के हो?
पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छोडेर तल खसेको अवस्थालाई जनाउछ/ यो समस्या प्रायस धेरै बच्चा पाएकामहिलामा हुने गरे पनि कहिले काहिँ पहिलो बच्चा पाएका महिलालाई पनि हुन सक्दछ/ आङ खस्नु, चोला झर्नु आदि नामहरुले पनि पाठेघर खस्नु लाई बुझिन्छ/
पाठेघर खस्ने कारण के-के हुन्?
महिलाहरुको पाठेघर खस्नुको मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु बिस्तारै तल खस्नाले हुन्छ/ कम उमेरमा बिवाह गर्नु अनि बच्चा जन्माउनु, गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि साललाई बल प्रयोग गरेर निकाल्नु, सुत्केरी स्याहार राम्रो नहुनु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौ काम गर्नु, गह्रौ भारि बोक्नु,धेरै हिड्नु,चुरोट सेवन गर्नु र बारम्बार खोकि रहनु आदि पाठेघर खस्नुको मुख्य कारणहरु हुन्/
पाठेघर खस्दा के के लक्षणहरु हुन्छन् ?
पाठेघर खसेको महिलाहरुमा खोक्दा, हाँस्दा, भारी बोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा, पाठेघरको मुख योनिको प्वालमा देखिने हुनको साथै पाठेघरले पिसाब थैलीलाई थिच्ने हुदाँ छिनछिनमा पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ढाड तथा कम्मर दुख्ने हुन्छ/ बाहिर निस्केको पाठेघरमा त झन संक्रमण हुनगई घाउ हुने, हिड्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन/ पाठेघर खस्ने समस्याले शारीरिक रूपमा त असर गर्छ नै यसले पारिवारिक तथा सामाजिक समस्या पनि निम्त्याउने गर्दछ/ बैवाहिक जीवनमा असर पार्न सक्दछ/ महिलाको यो समस्याले यौन सम्पर्क गर्दा समस्या हुनसक्दछ जसले गर्दा श्रीमान संगको सम्बन्ध बिग्रने पनि हुनसक्दछ/ सधैको शारीरिक समस्याले मानसिक रूपमा पनि विछिप्त बनाउन सक्दछ/ सेतो गन्हाउने पानी आउने हुनाले समुहमा बस्दा छि-छि दुर-दुर हुनसक्ने डरले एक्लै बस्ने र एक्लो महशुस गर्ने हुन्सक्छ/
पाठेघर खस्ने नदिन के रोकथाम गर्ने सकिन्छ?
पाठेघर खस्ने समस्याको रोकथामको लागि किशोरावास्था देखि नै ध्यान दिनु पर्दछ/ किशोरीहरुलाई पोषिलो खानाखुवाउने, महिलाको उमेर कम्तिमा २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने,२० बर्षको उमेर पछी मात्र बच्चा जन्माउने, परिवार नियोजनको साधन अपनाउने र कम्तिमा बर्षको जन्मान्तरमा मात्र दोश्रो बच्चा जन्माउने, गर्भवती हुदाँ कम्तिमा ४ पटक र सुत्केरी अवस्थामा कम्तिमा ३ पटक स्वास्थ्य जांच गराउने, स्वास्थ्य संस्थामा दक्ष प्रसुतिकर्मीबाट प्रसुती गराउने, गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने, सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्रुंगो भारी नबोक्ने गर्नु पर्छ/
पाठेघरको उपचार पद्दति कस्तो हुन्छ ?
सुत्केरी अवस्था देखिनै शारीरिक ब्यायाम, जस्तो केगल ब्यायाम तथा योगासन गर्नाले पाठेघरको तन्तु तथा वरिपरिको मांसपेशी बलियो बनाउन सकिन्छ/ पाठेघर झरेको अवस्था पहिचान गरि चुरा आकारको रवर वा प्लास्टिकले बनेको रिंग पेसरी राक्नु पर्छ जसले पाठेघरलाई आफ्नो स्थानमा राख्छ/ पाठेघर झरेको आकार तथा श्रेणीका आधारमा रिंग पेसरिको आकारको निर्धारण गरिन्छ/ पूर्णरुपमा पाठेघर खसेको समस्याको उपचार भनेको शल्यक्रिया नै हो/